सल्यान । २२ वर्षीया महिलालाइ बलात्कार गरेर गर्ववती बनाउने सल्यानका एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको दार्मा गाउँपालिका ३ मा पसल गर्दै आएकी महिलालाइ बलात्कार गरेर गर्भवती बनाएको आरोपमा उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वली हुन् ।
उनलाइ प्रहरीले बिहिवार पक्राउ गरेको हो । पीडित महिलालाइ आर्थिक प्रलोभनमा पारी गएको असार २७ गते बलात्कार गरेको उजुरीको आधारमा आरोपित वलीलाइृ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कालो वलीले आफुलाइ पटक पटक बलात्कार गरेको र घटनाबारे कसैलार्इ भनेमा ज्यान मार्ने धम्की दिएको पीडित महिलाले बताएकी छन्। पछि महिलाको पेटमा गर्भ रहेको सासुआमाले थाहा पाएपछि घटना बाहिर आएको हो ।
आर्थिक अवस्था कमजोर भएकी पीडितका पति रोजगारीको सिलसिलामा भारतमा छन् । पीडितको स्वास्थ्य परिक्षण जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको हो । पक्राउ परेका वलीलाइ अदालतबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर लक्षमण वलीले जानकारी बताए ।