२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन
मिडीया माइनेपाल सम्वाददाता प्रतिक्रिया

काठमाडौं ।    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् ।

दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको बताए । ‘पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिनुभएको छ’, श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

हेर्नुस् ‌‌ओलीको जवाफको पूर्णपाठ –oliko jawapha

प्रतिक्रिया
90700cookie-checkनेकपाको सचिवालयमा ओलीको जवाफी प्रस्ताव पेस (पूर्ण पाठसहित)

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824