२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन

केही यस्ता राशि भएका युवतीहरु छन्। जसले श्रीमानको घरमा राज गरेर बस्ने अवसर प्राप्त गर्दछन्। विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ।

विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ। पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका लागि पक्कै पनि सजिलो हुँदैन्। पराई घरमा कसैले दुख र कसैले सुखको जीवन भोक्नु पर्ने अवस्था आउने गर्दछ।

कुन कुन हुन् ती राशि ?

कन्या राशिः यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन्।

वृश्चिक राशीः यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन्। यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने महिलाहरु आफ्नो कुरा राख्न डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट राशिः यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।

सिंह राशिः यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग आफ्नै तरिकाले समस्याको समाधान गर्छन् ।

प्रतिक्रिया
90590cookie-checkविवाहपछि श्रीमानको घरमा यी ४ राशिका युवतीले राज गर्छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824