२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाडौं।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । विवाद समाधानको लागि आजपनि सचिवालयको बैठक बसेको थियो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दश दिनको समय मागेपछि आजको बैठक सम्पन्न भएको थियो ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद झनै वारपारको अवस्थामा पुगेको छ

यो बीचमा अध्यक्षद्धय ओली र दाहालसँग राष्टपति विद्यादेवी भण्डारीले बेग्लाबेग्लै भेटवार्ता गरिन् । नेकपा विवाद समाधानको लागि राष्टपति सक्रिय भएको भनेर सामाजिक सञ्जालमा आलोचना भैरहेको छ ।

त्यतिमात्रै होईन, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी समेत नेकपा विवाद झनै चुलिएपछि सक्रिय भएको समाचार आए । उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा हिजो राति करिब दुई घण्टा लामो भेटवार्ता गरिन् ।

उच्च स्रोतले जनाएअनुसार उक्त भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्दा नै ओलीको लागि हितकर हुने सुझाव दिएकी थिईन् ।

यसअघि गत बैशाखमा नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको दुवै पदबाट राजीनामा माग्दा राजदूत यान्छी सक्रिय भएकी थिईन् । उनले नेकपाका प्रायः सबै शीर्ष नेताहरुलाई घरघरमै पुगेर भेटेकी थिईन् । उनले पार्टी एकता सुदृढ गर्दै अघि बढ्दा नै राम्रो हुने सुझाव दिएकी थिईन् । यसपटक भने राजदूत यान्छीले ओलीलाई दुई मध्ये एक पद छोड्दा राम्रो हुने सुझाव दिएको स्रोतको दाबी छ

प्रतिक्रिया
88460cookie-checkप्रधानमन्त्री ओलीलाई एक पद छाड्न चिनियाँ राजदूत होउ यान्छीकाे शुझाव ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824