२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर–४, गौरीटोलबाट एक लाख २२ हजार ३ सय ४३ रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले जुवाको खालबाटै नगदसहित जुवाडे पक्राउ गरेको हो ।

 

 

त्यस्तै वीरेन्द्रनगरबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर–४, का रन्जन शाही, वीरेन्द्रनगर–५, का ३१ वर्षीय कृष्णप्रसाद चालिसे र ४० वर्षीय लक्ष्मण भण्डारी, वीरेन्द्रनगर–६ का ५२ वर्षीय रामबहादुर लामा र २७ वर्षीय दिपेन थापासँगै दैलेख नारायण नगरपालिका–२ का ३४ वर्षीय कृष्णबहादुर थापा, हुम्ला ताजकोट गाउँपालिका–६ का ३७ वर्षीय अजविर धामी एवं बाँके नेपालगञ्ज उपमहानगरपालिका–१५ का विशाल राई रहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

 

उनले हारजितको बाजी राखेर जुवा खेलेको भन्ने सुराकी पाएपछि छापा मारी उनीहरुलाई पक्राउ गरिएको जनाए । पक्राउ परेका जुवाडेमाथी थप अनुसन्धान भईरहेकाले दोषी उपर मुलुकी अपराध संहित दफा १२५ अनुसार पहिलो पटकको हकमा ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना रहेको उनको भनाई छ ।

प्रतिक्रिया
88340cookie-checkसु्र्खेतकाे वीरेन्द्रनगरवाट एक लाख २२ हजार ३ सय ४३ रुपैयाँसहित आठ जना जुवाडे पक्राउ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824