२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा परेको विवादबारे पेश गरिएको राजनीतिक प्रतिवेदनले अहिले खैलाबैला मच्चिरहेको हाे ।

ओलीनिकट केही नेताहरुले प्रचण्डको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरीत रहेको भन्दै सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन् ।  तर, कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्धय झलनाथ, खनाल माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको तर्फबाट पेश भएको प्रतिवेदन आफूहरुको साझा भएको प्रष्टिकरण दिएका छन् ।

ओलीको पत्र पढेपछि प्रचण्डको ‘महशुस’ : ‘विष कुम्भम् पयो मुखम्’

सचिवालय बैठककै क्रममा आफूहरुको समेत प्रतिनिधित्व गरी अध्यक्ष कमरेडबाट राजनीतिक प्रतिवेदन पेश भएको र सो माथि गम्भिरतापूर्वक छलफल हुनुपर्ने भनाई उपाध्यक्ष वामदेव गौतमले राखेका थिए ।

त्यस्तै नेता माधवकुमार नेपालले पनि सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् । ओली निकट नेताहरुसँग पनि पाँच नेताले सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् ।

प्रतिक्रिया
88180cookie-checkप्रचण्डको तर्फबाट पेश भएको प्रतिवेदन साझा भएको भन्दै सवै नेताकाे प्रष्टिकरण

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824