२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाण्डाैंं । नेपाल कमन्युस्टपाटी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले कात्तिक २७ गते नेकपा सचिवालय बैठक बस्ने र सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने दाबी गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलवार बसेको नेकपा सचिवालयका ५ सदस्यको अनौपचारिक बैठकपछि बाहिरिने क्रममा नेता नेपालले बिहीवार सचिवालय बैठक बस्ने बताएका हुन् ।

 

सचिवालयका पाँचजना नेताको बैठकले २७ गते सचिवालय बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

‘२७ गते सचिवालय बैठक बस्छ, सो बैठकमा अध्यक्ष ओली पनि सहभागी हुनुहुन्छ,’ नेता नेपालले भने ।

धुम्बाराहीमा बैठक बस्नुअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेर २७ गते बैठक राख्न प्रस्ताव गरेका थिए ।

तर ओली सहमत नभएको ब्रिफिङ प्रचण्डले सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकमा गराएका थिए ।

मंगलवारको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा उपस्थित थिए ।

सचिवालयका बहुमत सदस्यको बैठक शुक्रवार पनि बसेका थियो । शुक्रवारको अनौपचारिक बैठकबाट उनीहरूले सचिवालय बैठक बोलाउन ओलीसँग लिखित आग्रह गर्ने निर्णय गरेका थिए ।

सचिवालयका ५ सदस्यले शनिवार ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गरेपनि ओली सहमत भएका थिएनन् ।

प्रतिक्रिया
87810cookie-checkकात्तिक २७ गते नेकपा सचिवालय बैठक बस्छ, बैठकमा ओली पनि सहभागी हुनुुुुुुुहुन्छ : माधव नेेपाल

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824