२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
मधेस ब्युराे प्रतिक्रिया

पर्षा । भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा छ।

गृह मन्त्रालयले कात्तिक ३० गतेसम्मका लागि नाका बन्द रहने निर्णय यसअघि नै निर्णय गरेको थियो।

भारतीय पक्षले भने कोरोना महामारीले बन्द सीमानाका बिहीबार बिहानदेखि एकतर्फी रूपमा खुला गरेपछि वीरगन्ज भन्सार नाका भएर आवतजावत हुन थालेकाे छ।

नेपाली पक्ष भने तत्काल खुलाउने कि गृह मन्त्रालयको आदेश मान्ने भन्ने अन्योलमा परेको हो।

भारत र भारत भएर तेस्रो मुलुकबाट आउने नेपाली तथा नेपालमा बसोबास गरिरहेका भारतीयको सहजताका लागि सिमानाका खुला गरिएको भारतीय भन्सारले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने गृह मन्त्रालयको आदेश नआउन्जेल सीमा नाका बन्द रहने बताए।

उनले भने, ‘भारतले नाका खोलेको भए पनि हाम्रो सरोकारको विषय रहेन। गृह मन्त्रालयले कात्तिक ३० गतेसम्म नाका बन्द रहने भनेकाले अर्को आदेश नआउन्जेल खुल्दैन।’

नाका खुल्दा सर्वसाधारणलाई सहज भएको बाराको प्रसोनी गाउँपालिका स्थानीय मधु देवीले बताइन्।

उनले भनिन्, ‘हामीकहाँ यति बेला प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ छ। तर रक्सौलमा ५० रुपैयाँ नेपालीमै आउँछ।’

चिनी, तेल, कपडा लगायतका सामग्री रक्सोलमा सस्तो छ। त्यसैले सीमावर्ती क्षेत्रका धेरै नेपाली किनमेलका लागि पारिपट्टि जान्छन्।

मुख्य नाकाबाट आवतजावत हुन थालेपछि व्यापारीहरु भने मर्कामा परेका छन्। नाका बन्द हुदाँ हेटौंडासम्मका व्यापारी दसैंको किनमेल गर्न आएका थिए।

वीरगन्जको पाण्डे कपडा पसलका सञ्चालक सन्तोष मिश्राले भने, ‘नाका खुलेपछि वीरगन्ज आसपासदेखि ग्रामीण भेगका व्यापारीसमेत भारतको रक्सौल पुग्ने भएकाले हामी जस्ता कर तिरेर ल्याएर बिक्रीवितरण गर्ने व्यापारी मर्कामा परेका छौं।’

प्रतिक्रिया
83730cookie-checkभारतले खाेल्याे एकतर्फी रूपमा सीमा नाका नेपाल भने अन्यवलमै ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824