२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाडौं । कर्णाली प्रदेशको वि´वाद समाधान भएको बालुवाटार स्रोतले औपचारिक दाबी गरेको छ । तर, खुमलटार स्रोतले भने बालुवाटारमा कुनै निर्णय नभएको र यसबारे प्रदेशले नै निर्णय लिने तर्क गरेको छ ।

कर्णालीको वि´वाद समाधानका लागि मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रदेशको विवाद प्रदेशबाटै समाधान हुनुपर्ने अडान राखेको उनको सचिवालयले जनाएको थियो ।

तर, दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयको छलफलपछि विवाद समाधान भएको लिखित दाबी गरे ।

थापाले मंगलबार जारी गरेको प्रेस नोटको व्यहोरा यस्तो छ–

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बद´र गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार

४ कात्तिक २०७७

प्रचण्डका प्रेस संयोजक भन्छन्– कुनै सहमति भएको छैन

प्रधानमन्त्रीका प्रेस संयोजक थापाले दुई अध्यक्षवीच ४ बुँदे सहमति भएको बताए पनि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने प्रदेशको विवादबारे बालुवाटारमा त्यस्तो कुनै सहमति नभएको बताए ।

‘प्रदेशको वि´वाद प्रदेशबाटै समाधान गर्नुपर्छ भन्ने कार्यकारी अध्यक्ष प्रचण्डले धारणा राख्नुभएको थियो,’ सापकोटाले अनलाइनखबरसँग भने, दुई अध्यक्षवीच त्यस्तो कुनै सहमति वा सम्झौता भएको छैन ।’

प्रदेशमा देखिएको विवाद प्रदेशबाटै समाधान हुनुपर्छ, केन्द्रले हस्तक्षेप गर्दा राम्रो सन्देश नजाने कार्यकारी अध्यक्ष प्रचण्डको धारणा रहेको उनले बताए ।

प्रतिक्रिया
83000cookie-checkकर्णाली प्रदेश वि´वाद वारे बालुवाटार र खुमलटारकाे दुईथरी कुरा ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824