२०७७ मंसिर १२, शुक्रबार
Close
बिज्ञापन

कैलाली । दुई दिनअघि कैलालीको धनगढी उपमहानगरपालिका जुगेडा स्थित मोहोना नदिमा रह´स्यमयी ढंगले बी´भत्स ह´त्या गरिएका प्रहरी असई गोविन्द बिकको श´ब सोमबार अपरान्ह उनका अाफन्तले बुझिलिएका छन ।

पुनर्वासबाट स्वस्फूर्त हजारौंको सङ्ख्यामा गोविन्दको ह´त्यारालाई कार्वा´हीको माग सहित कैलालीमा नारा जुलुस लिएर आएका पिडितका आफन्तले प्रमुख जिल्ला अधिकारी समक्ष ८ बुंदे माग राखेपछि पिडि`तपक्षद्वारा राखिएको माग पूरा गर्न आफुले पहल गर्ने आश्वासन पाएपछि पिडित पक्षले श´व बुझेका हुन ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख दिलिप सिंह देउवाले भने हामीले एउटा जिम्मेवार कर्तब्यनिष्ट प्रहरी गु´माएका छौ जतिको चिन्ता हजुरहरूलाई छ त्यो भन्दा बढी नै चिन्ता हामीलाई छ ।

गोविन्दका ह´त्यारा पत्ता लगाउन सिङ्गो प्रहरी बिभाग लाग्छ ढुक्क हुनुस् देउवाले भने ।
प्रहरी गोविन्दको सोमबार नै सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रहरी बिभागको झन्डा ओढाई १२ तो´प स´लामी दिएर अ´न्त्यष्टि गरियको छ ।

गोविन्द कार्यरत अस्थायी प्रहरी चौकीको गोविन्दको नाम बाट नामकरण गरि राखिनु पर्ने , सिमा गस्तिका क्रममा ह´त्या गरिएका प्रहरी असई गोविन्दलाई सहिद घोषणा गरिनुपर्ने , गोविन्दको अवकाश जागिरे कार्यकाल सम्म उनकी धर्मपत्नीलाई मासिक तलब भत्ता नेपाल सरकारले व्यवस्थापन गर्नुपर्ने , उनकि धर्मपत्नीलाई सेवानिवृत पेनसनको व्यवस्था हुनुपर्ने , गोबिन्दका दुई छोराछोरीलाई सरकारले शिक्षा दीक्षा तथा सुरक्षाको जिम्मा लिनुपर्ने , ह´त्यारालाई यथासिघ्र पत्ता लगाइ सार्वजनिक गरी कानु´नबमोजिम कडा कार्वाही हुनुपर्ने र गोविन्द संगै गस्तीमा रहेका जवान राम बहादुर साउंदको छिटोभन्दा छिटो खोजी गरिनुपर्ने लगायतका माग राखेका छन ।

पिडि´तहरूद्वारा राखिएको माग अन्यथा चरणबद्ध कडा अान्दोलन गरिने चे´तावनी दियका छन भने प्रमुख जिल्ला अधिकारी बोहोराले अाफ्ना सम्पूर्ण शक्ति परिचालन गरि ह´त्यारा पत्ता लगाईने पिडित परिवारको मागलाई सम्बन्धित निकायसमक्ष पेश गरि पूरा गर्न पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

प्रहरी असई गोविन्दका ह´त्यारालाई कार्वाही हुनुपर्ने माग राख्दै पुनर्वास बाट हजारौंको सङ्ख्यामा अाएका स्थानीय ले ह´त्यारालाई कार्वाही गर , मान्छे मा´र्न पाईदैन जस्ता सरकारको बिरोधमा चर्काे नारावाजी गर्दै धनगढी उपमहानगरपालिका को चौराहदेखि सुरु गरिएको अाक्रोसित बिरोधकर्ताहरूले सार्वजनिक सवारी साधन बन्द गर्दै पसल व्यवसाय समेत बन्द गरेका थिए ।

घरकाे अभिभावक नै गुमाएपछी कञ्चनपुरको पुनर्वास नगरपालिका ९ ख गाउँ निवासी मृ´तक बिकका परिवार तथा गाउ नै शोकमग्न भएका छन ।

अति विपन्न परिवार मा जन्मेका बिक सहित ३ भाइ मध्ये उनी माईला हुन । घरकै कमाई गर्ने तथा लालनपालनको जिम्मेवारी सम्हालेका बिकको ड्युटिकै क्रममा रहस्यमयी ढङ्ले ह`त्या गरियपछि अाफुहरू अनाथ जस्तै भएको बिकका भतिजा हरि बिकले पीडा पोखे

प्रतिक्रिया
82620cookie-checkगोविन्द बिकको १२ तोप सलामी सहित प्रहरी अन्त्यष्टि

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824