२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा बला´त्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्तिलाई प्रहरीले प´क्राउ गरेको छ ।

 

 

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बला´त्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो ।

 

ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार प´क्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए ।

 

अर्यालका अनुसार १९ वर्षीय बस्नेतलाई प्रहरीले प´क्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको छ ।

 

 

उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो । बस्नेतलाई प´क्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए ।

 

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बला´त्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलाा´त्कारजस्तो जघन्य अ´परा गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए ।

 

 

पछिल्लो समय नेपालमा दैनिक ७ वटा बला´त्कारका उजुरी दर्ता हुने गरेका गृह मन्त्रालयले जनाएको छ । बझाङकी बालिका सम्झना कामीको बला´त्कार र हत्या भएपछि पछिल्लो समय बला´त्कारीलाई मृ´त्युदण्ड दिनुपर्ने माग उठेका थिए ।

 

काठमाडौं लगायत मुलुकका विभिन्न सहरमा बला´त्कारीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भएका थिए ।

ती प्रदर्शन भएपछि सामाजिक सञ्जाल फेसबुकमा बला´त्कारी संगठन नामक पेज बनेको थियो । जसको व्यापक आलोचना भएको थियो भने त्यसका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको थियो ।

प्रतिक्रिया
81230cookie-checkफेसबुकमा बला´त्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्ति प´क्राउ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824