२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

काठमाडौं । नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ ।

 

कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् ।

फिल्म फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टामा फिल्मको सुटिङ सकिएको हो ।

सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्की लगायतको फिल्ममा अभिनय रहेको छ ।

 

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन्, भने यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन् ।

 

बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको निर्देशक बोहोराले बताए ।

 

शेरबहादुर तामाङको छायाँकन, सुजन बडालको सम्पादन रहेको फिल्म दुई घण्टा अवधिको रहेको छ ।

 

फिल्म हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना निर्माण युनिटको रहेको छ ।

प्रतिक्रिया
81070cookie-checkइतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा सकियाे चलचित्र ‘श्री’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824