२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाडौं। सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुमा मानिस तथा सवारीसाधनको आवतजावत कडाइ गर्ने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा मन्त्रीहरुले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारेका थिए। सोही प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् सीसीएमसीका प्रवक्तासमेत रहेका महेन्द्र गुरागाईंले यसअघि प्रमुख जिल्ला अधिकारीहरुलाई प्रत्योजन गरेको अधिकारलाई थप केही विशिष्टीकरण गरिएको हुन सक्ने बताए।

‘उपत्यकासहित उच्च जोखिम रहेका जिल्लाहरुको संक्रमणको अवस्थाका आधारमा सीसीएमसीमा मन्त्रीहरुले छलफल गर्नुभएको हो,’ उनले भने, ‘यसबारेमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेसमेत निर्णय गरेको भन्ने बुझिएको छ।’

उनले आज दिउँसोसम्ममा सरकारका प्रवक्ताले बैठकका निर्णय सार्वजनिक गर्ने र त्यसपछि विस्तृत जानकारी हुने बताए। सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने डीसीसीएमसीले नै स्थिति हेरेर आवश्यक व्यवस्था गर्नलाई अधिकार दिएको हो। प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय, स्वास्थ्य अधिकारी र सरोकारवाला निकायसँग छलफल गरेर निर्णय गर्न सक्नेछन्।

यसअघि बसेको मन्त्रिपरिषद् बैठककै निर्णय अनुसार ७ साउनपछि पनि उपत्यकासहितका विभिन्न जिल्लाहरुमा पूर्ण लकडाउन, आंशिक लकडाउन लागू गरिएको थियो।

उपत्यका र तराईका केही जिल्लाहरु उच्च जोखिम रहेकाले ती जिल्लाहरुमा सीडीओले लकडाउन गर्न सक्ने छन्। स्वास्थ्य मन्त्रालय, सरकारी निकाय, सुरक्षा निकायसहित विज्ञहरुलेसमेत जोखिम बढेको क्षेत्रमा लकडाउन गर्नुपर्ने आवश्यक देखिएको सुझाव दिइसकेका छन्।

अहिले कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको उच्च जोखिम उपत्यकामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय भन्दाबढी संक्रिय संक्रमित काठमाडौं, भक्तपुर, ललितपुर,मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा छन्।

प्रतिक्रिया
79870cookie-checkसरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुमा कडाई गर्ने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824