२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

                                 कथा                                                                नसाचिएको सपना
भुन्टा रावत नाम अनुसारको शरिर पनि थियो । शरिर मात्र हैन । उसको नाम अनुसारको कामपनि थियो । जिन्दगि नै उस्तै थियो भन्दा फरक नपर्ला । पवित्र सम्लो खोला लोहोरे खोला उसकै आगन भएर बगेको थियो ।
घरमा श्रीमती र दुई छोरा छन ।
चार छोरीहरु बिहे गरेर गइसकेका थिए । सानो कटेरो घर थियो । घर पालुवा जनावर थिएनन् । बरु बिहान मान्छेको रुपमा उठेको भुन्टा रावत साझ जनावर भएर घर छिर्दथ्यो । जस्तो बाउ उस्तै छोरा भने जस्तै छोराको हालत पनि उस्तै थियो । भुन्टा रावतको दिन चर्यामा खासै फरक पर्दैन । बिहान झिस मिसेमै खोलाको किनारमा पुग्थ्यो ।

अघिल्लो दिन साझमा थापेका जाल पासा तान्थ्यो । अल्लि धेरै माछा परे अनुहारमा खुसि प्रकट हुन्थ्यो । कहिले माछा मर्दैन थिए । निरासाले भरिएको अनुहार बोकेर जाडोले काप्दै पसल तिर हिड्थ्यो । भएका माछा बेच्थ्यो । उसका छोराहरु पनि भुन्टा रावतसँगै पसलमा पुग्दथे । बाबाले जसरी नै पसलमा माछा बेच्छन । पैसा पकेटमा राख्छन् । उसकी श्रीमती पनि घरमा रक्सि बनाउछे । त्यहि पसलमा ठेक्कामा रक्सि बेच्छे । घरका सबै परिवारले पैसा कमाउथे । आम्दानीको स्रोत ठुलो थियो ।

आम्दानी जति भए पनि बचत नभए कसको के लाग्छ र । घरका बा र छोराको माछा बेच्ने र आमाको रक्सि बेच्ने पसल एउटै थियो । आमा रक्सि बेचेर आएको पैसाले खाना बनाउन आबश्यक नुन तेल चामल किन्छे र घरमा खाना बनाउछे । खुसिको कुरा रक्सि बेचेकै पसलमा नुन तेल आवश्यक कुरा किन्न पाइन्थ्यो । माछा बेचेपछि छोराहरु घर फर्किए । भुन्टा रावत भने कपाल कनाउँदै छिमेकीसँग माफि माग्दै थियो । भुन्टा रावत घरमा पुग्दा छोराहरु जाल पासा तडेर जाल पासा बनाउदै थिए । छोराहरु जसरी आफुले पनि जाल पासा तड्यो ।
अनि छोरालाई सोध्यो ।
“ए कान्छा तैले आज कति मारिस ।”
“त्यहि ढाई किलो जत्ति मारे थे ।”
“तैले त मारिछस ए जेठा तैले कति मारिस ।”
“तिमीलाई के मतलब जति मारे पनि जेठो जड्कियो ।”
भुन्टा रावत मनमनै बोल्छ । “हिजो साझ जेठालाई धेरै भनिएछ जस्तो छ ।”
खाना खाए पछि बनाएका जाल पासा लिएर फेरि तिन बाउ छोरा खोलामा पुगेँ । नालामा पारेर पासा थापे । गहिरो र परेको ठाउँमा जाल थापे । जाल थापिसके पछि घाम ढल्कियो । बिहान माछा बेचेकै पसलमा तिन बाउ छोरा नै पुगेँ । बिहान बेचेका माछाहरु सुकाएर खर्याउ खर्याउ भएका थिए । रक्सि खानेहरुलाई सितन बनिरहेका थिए । भट्टीमा पुग्ने बित्तिकै तिन बाउ छोराले नै एक एक पिलेट सुकाएको माछा र रक्सि मगाए । बिहान आफैले बेचेको माछा र श्रीमतीले बेचेको रक्सि किनेर खान सुरु भयो ।
खान सुरु भयो । तिन बाउ छोरासँगै एउटै टेवलमा बसेर खान सुरु गरे । बिहान माछा बेचेको पैसा छ तिनै जनासँग । त्यहि पैसाले जत्ति रक्सि आउछ त्यति खान्छन । कहिले काहीँ भोलि मिलाउला भन्दै अझ थप खान्छन । त्यो दिन पनि पैसाले धानेसम्म खाने सुर कसेका थिए । एक बोतल । दुई बोतल । तिन बोतल बढेदै गयो । एक पिलेट । दुई पिलेट हुदै गयो ।
रक्सिले समात्दै गयो । दिमागले छोड्दै गयो । आपःनो जिब्रो आपःनै बसमा बस्न छाड्यो । कहिल्यै नआएको गफ । कहिल्यै नउठेको रिस । कहिल्यै नलागेको माया रक्सि लागे पछि आउछ । बिस्तारै लाग्दै गए पछि । भुन्टा रावत जेठो छोरासँग जड्किए । “त मसँग बिहान किन बटारिएको ।”
जेठो छोरो पनि बटारिदै “हिजो साझ तिमीले मलाई किन हान्यौ ।”

“रक्सि खाए पछि छोरालाई हिजो मात्र हैन आज पनि हानिन्छ ।” कुरा माथि कुरा आए । भुन्टा रावतले छोरा माथि हात छोडिहाले । रक्सि खाएको बेला सबै बाउको छोरा । को हुन्थ्यो र आमाको छोरा । छोराले पनि जवाफमा बुढो बा माथि मुड्कि बर्षायो । बाउ छोरा बिच दोहोरो हानाहान सुरु भयो । बिचमा रहेको कान्छो छोराले झगडा छुट्याउन खोज्यो । बिचमा आएको कान्छो छोरा माथि पनि मुड्कि प्रहार गरे भुन्टा रावतले । दाईले पनि भाइलाई नै हान्न थाल्यो ।

त्यो झगडा कसैले नछुट्याएमा छोरा वा वाउ मर्ने देखिन्थ्यो । फेरि छिमेकी छुट्याउन जान्थे । त्यस छुट्याउने बेला कुनै एक जनालाई फेरि तिन बाउ छोराले भकुर्थे । कसैलाई गालि बेजति गर्थे । उसलाई गरेको गालि बेजति भोलिपल्ट बिहानै गएर माफि माग्थे । यहि उनिहरुको दिनचर्या थियो । फरक किसिमले फरक समयमा काम हुन्थ्यो होला । त्यो प्रक्रिया त ढिलो चाढो त हुन्थ्यो नै । भुन्टा रावतको भविष्य थिएन । उसले भबिष्यको लागि कुनै कुरा साचेको पनि थिएन । उसलाई केहि गर्ने र केहि हुने सपना पनि थिएन । उसका छोराहरु लक्कामा जवान भैसकेका थिए । उनिहरुको पनि कुनै सपना थिएन । कुनै भविष्य थिएन ।

उनिहरु मात्र बिहान धेरै माछा मार्न सकियोस र बेच्न पाइयोस सोच्दथे । बेलुका अल्लि धेरै रक्सि खान पाइयोस सोच्दथे । त्यो बाहेक उनिहरुको दिमागमा अरु फुरेको हुँदैन थियो ।
एक दिन साझ सधै जस्तै तिन बाउ छोरा रक्सि खान बसे । खादा खादै लाग्यो । खाएर सबै पागल बने । सधै जसो तिन बाउ छोरा लठारिदै खोलामा पुगेँ । खोलामा पसे । अघि पछि खोलाका राजालाई पनि रक्सिले मताएको बेला बगाएर लियो । त्यो दिन देखि भट्टी पसल सुन्य रह्यो । माछा पनि त्यसरी बेच्ने मान्छे भएनन् । तिन बाउ छोराको झगडा देख्न बानि परेका छिमेकीलाई पनि त्यो ठाउँ नयाँ र नौलो लाग्यो । भुन्टा रावतको त्यो झुपडि पनि सुन्य रह्यो । भुन्टा रावतकी श्रीमती पनि शोकमा थिइन् । बुढेसकालमा दुई छोरा र एक श्रीमान गुमाउनुको पीडाले उनलेल पनि आँखा चिम्लिइन् ।

                                    भरत सुवेदी दैलेख

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया
7980cookie-checkनसाचिएको सपना  (भरत सुवेदी)

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824