२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन्।

आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु’, मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित पदमुक्त गरेको पत्रमा भनिएको छ।

पदमुक्त गरिएको पत्रको बोधार्थ नेकपा कर्णाली प्रदेश, केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइएको छ।

यस्तै मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन्।

शाह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् भने नेपाली अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन्।

मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन शाहले समन्वयकारी भूमिका खेले हस्ताक्षर गर्ने १८ सांसदमा उनी छैनन्। बरु अविश्वासको प्रस्ताव सांसदहरुले संसदीय दलमा शाहलाई बुझाएका हुन्।

यद्यपी शाह मुख्यमन्त्रीका आकांक्षी सांसद यामलाल कंडेलका विश्वासपात्र हुन्।

प्रतिक्रिया
79470cookie-checkमुख्यमन्त्रीकाे एक्सन : प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824