२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

मलेसिया । सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका समाजसेवि दिनेश खड्का’खप्तडी’ लाई जनउद्धार केन्द्र मलेसियाले केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ । सुदुरपश्चिम प्रदेश अछाम जिल्लामा जन्मिनु भएका खड्का रोजगारको सिलसिलामा मलेसिया श्रमिकको रुपमा काम गर्दै पत्रकारिता सँग-सँगै सामाजिक कार्यमा निरन्तर रुपमा लागि रहनु भएको छ ।

सुदूरपश्चिमेली नेपाली समाज,हेल्प अछाम लगायत संघ-संस्था हरुमा आब्द रहेर सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएका छन् । जनउद्वार केन्द्र मलेसियाले आईतबार एक भेलाको आयोजना गरि केन्द्रिय सल्लाहकारमा खड्कालाई मनोनित गरिएको केन्द्रिय महासचिव शंकर देव आर्चायले जानकारी दिनुभयो ।

मलेसियामा नेपालीको प्रतिनिधित्व गर्दै नम्बर एकमा दर्ता भएको जनउद्वार केन्द्र नेपाली श्रमिक हरुको हक अधिकारको लागि अहो’रात्र लागि परेको छ ।

२०१७ मा स्थापित यो समाजले विभिन्न कारणले गर्दा स’मस्यामा परेका २७० जना भन्दा धेरै नेपालीको उद्धार गरि सकुशल स्वदेश पठाउन सफल भएको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले बताए ।

संस्थापक अध्यक्ष समेत रहेका थापा विभिन्न घरफिर्ती केन्द्र तथा जेलहरुमा रहेका नेपाली हरुको समस्या समाधानको लागि दिन प्रतिदिन जेलहरु धाउदै आएका छन् ।

मलेसियामा विभिन्न कारणले कुनै नेपालीलाई दुः’ख नहोस यति भएको अवस्थामा जनउद्वार केन्द्र पि’डित हरुको साथमा रहेको केन्द्रीय वरिष्ठ उपाध्यक्ष सेर बहादुर श्रेष्ठले बताउनुभयो ।

देश बिदेशबाट आएको सुझावलाई मन्न गर्दै जनउद्वार केन्द्रले आफ्नो आधिकारिक वेबसाइट पनि सार्वजनिक गरेको छ ‌। समाजको सम्पुर्ण गतिबिधि हरु उक्त बेवसाइट मार्फत जानकारी लिन सकिने साथै सजिलो तरिकाले समाजको सदस्यता लिन सक्ने छ ।

त्यस्तै सहयोग गर्न चाहने मनकारी हरुले रकम पनि सोहि बेवसाइट मार्फत सहयोग गर्न मिल्ने केन्द्रित कोषाध्यक्ष देबेन्द्र गिरिले बताउनु भयो ।

प्रतिक्रिया
79440cookie-checkदिनेश खड्का’खप्तडी’ जनउद्धार केन्द्र मलेसियाले केन्द्रिय सल्लाहकारमा मनोनित

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824