२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

हुम्ला  । कोरोना त्रासका कारण  २०७६ साल चैत ११ पछि बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका आजसम्म खुलेको छैन । यो नाका बन्द भएको सात महिना भैसकेकाे छ ।

कोभिड–१९ संक्रमणलाई कारण देखाउदै छिमेकी देश चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सात महिनादेखि   ठप्प भएपछि नेपाल–चनबिच हुँदै   आएको आयात निर्यात नराम्रोसँग प्रभावित भएको देखिन्छ ।

यसले नेपाल-चीनको मैत्रीपूर्ण लगानी समेत रोकिएको र साना मझौला,ठूला व्यवसाय आर्थिक संकटमा परेका छन । हिल्सा नाका बन्द भएसँगै हिल्साका व्यवसायीदेखि प्रहरी,सशष्त्र प्रहरीलाई नुन, तेल लगायतका सामानहरुको समस्या देखिएकाे छ ।

सात महिनादेखि हिल्सा नाका आवतजावत बन्द भएसँगै प्रत्येक वर्ष मानसरोवर कैलाश दर्शन गर्न यो बर्ष कोहीपनि तीर्थयात्री गएनन् ।  चीनको ताक्लाकोटबाट भित्रिने दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामानहरु रोकिएका छन् ।

यसै सन्दर्भमा गत असोज २ गते छिमेकी देश चीनसँग जोडिएको हुम्ला जिल्लाको हिल्सा नाका सञ्चालन गराउन हुम्ला उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र बुझाएको थियो ।

तर स्थानीय प्रशासनले उद्योग वाणिज्य संघको मागलाई सुनुवाई समेत नगरेको उद्योग वाणिज्य संघ हुम्लाले जनाएको छ ।

विगत ७ महिनादेखि बन्द हिल्सा नाकालाई सहज बनाउन आग्रह गरेपनि केही सुनुवाई नभएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए ।

हिल्सा नाका बन्दा हुदा हुम्लास्थित होटेल  र पसलमा झण्डै पाँच करोड घाटा भएको होटेल संघ हुम्लाले जनाएको छ । लकडाउनले  भारतीय तिर्थयात्री नआएपछि ६० लाखदेखि एक करोडसम्म घाटा भएको होटेल व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया
78270cookie-checkहुम्लाको उत्तरी हिल्सा नाका आजसम्म खुलेन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824