२०७७ कार्तिक ०३, सोमबार
Close
बिज्ञापन

मानिकचन साह

वीरगंज १७ असोज

जनमत पार्टीको जगरनाथपुर गाउँपालिकाको जानकीटोला वडा नं. २ वृहत पार्टी प्रवेश तथा वडा ईकाई सुजित रौनियारको अध्यक्षतामा वडा इकाई ६१ सदस्यीय गठन तथा जिल्ला इन्चार्ज संतोष कुमार साह सोनारको विशेष उपस्थितिमा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पनन भएको थिए । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, बीरगंज महानगरपालिकाको वडा नं. १६को वडा संयोजक निकेश महतो, महिला जिल्ला अध्यक्ष अनिता रौनियार ,उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुन, जगरनाथपुर गाउँपालिकाको संयोजक चन्दन चौहान लगायतको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।

वडा इकाई कमिटिमा उपाध्यक्षमा रंजन कर्ण, सचिवमा राजु पाण्डे, सहसचिवमा बिक्की रौनियार, कोषाध्यक्षमा सुनिल चौहान, सदस्यहरुमा हरिशंकर पाण्डे, अंशु रौनियार, रामाधार शर्मा, मंशी गदी, सुरेश महतो, लालबाबु गिरी लगायत रहनु भएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नं. २ जानकी टोलामा आयोजित कार्यक्रममा जनमत पार्टीमा नेकपाबाट जाईफर आलम, जनता समाजवादी पार्टीबाट बद्री राम, राजकुमार बैठा, नेपाली काँग्रेसबाट अहम आलाम, रामबाबु कुमारको नेतृत्वमा ५० जनालाई पार्टीका जिल्ला ईन्चार्ज संतोष कुमार साह सोनारले टिका माला लगाई स्वागत गर्नु भएको थियो ।

सो अवसरमा ईन्चार्ज साहले गाउँपालिका मित्रका विभिन्न समस्याहरुको समाधानको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । गाउँपालिकामा बाटोघाटो, स्वास्थ्य, शिक्षा, बेरोजगारीको समस्या बिकराल बन्दै गएकोले गाउँपालिकाका सम्पूर्ण पार्टी, सर्वसधारण एकजुट भएर समस्या समाधान तर्फ अगाडि बढन आग्रह समेत गर्नु भएको थियो ।

प्रतिक्रिया
77820cookie-checkजनमत पार्टीको जगरनाथपुर गाउपालिकामा पार्टी प्रवेश तथा वडा इकाई किमिटि गठन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824