२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाण्डाैं ।   नेपाल प्रहरीको कामकारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्य अनुरुप Pilot Project को रुपमा आज मिति २०७७।०५।११ गते देखी यस जिल्ला प्रहरी कार्यालय, कास्कीबाट नेपाल प्रहरीको मोवाईल एप “Nepal Police Mobile App” औपचारीक रुपमा यस कार्यालयका कार्यालय प्रमुख श्रीमान् प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठबाट सुरुवात गर्नुभएको छ, उक्त एप २४/७ मनिटरिङ गर्ने जनशक्ति सहित संचालन गरिएको छ ।
बिश्वव्यापी रुपमा फैलिरहेको COVID-19 लाई मध्यनजर गर्दै यस कार्यालयको सभाहलबाट भिडियो कन्फरेन्स मार्फत पत्रकार सम्मेलन गरी कार्यक्रम संचालन गरिएको थियो । यस एप मार्फत समुदायमा घट्ने अपराधिक कृयाकलाप, अपराधिक घटनाहरु तथा सुचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्नुका साथै कास्की जिल्लाको समग्र रुपमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सुचनाको माध्यम ‘नेपाल प्रहरीको मोवाईल एप’ गण्डकी प्रदेशकै पहिलो पटक यस कार्यालयबाट सुभारम्भ गरिएको छ ।    कार्यक्रममा तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्राविधिक प्रहरी निरीक्षक गजेन्द्र आचार्यले मोवाईल एप सम्बन्धी जानकारी दिनुभएको थियो भने प्र.उ. ज्यूले मोवाईल एप संचालन, यसको उद्देश्य र कार्यान्वयन सम्बन्धमा प्रस्ट पार्नुभएको थियो ।

प्रतिक्रिया
72810cookie-checkनेपाल प्रहरीको मोवाईल एप ‘Nepal Police’ संचालनमा ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824