२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन
दिनेश कुमार बुढा प्रतिक्रिया

सुर्खेत । दैलेखको आठबिस नगरपालिका वडा नम्बर १ राकमका लक्ष्मण शाही परिवारसहित सोमवार बिहान सुर्खेतको वीरेन्द्रनगर आइपुगे । नेपाल र भारतमा कोरोनाको संक्रमण दर बढिरहेको बेला आइपुगेका उनीसहितको परिवार वीरेन्द्रनगरमा दिनभर अलपत्र पर्यो ।

दैलेखसम्म जानको लागि सवारीको पास नहुँदा परिवार नै १३ घण्टा भोकभोकै बस्नुपरेको शाहीले बताए । उनी परिवारसहित लखनउबाट प्रति व्यक्ति १० हजार नेपाली रुपैयाँ तिरेर कैलालीका गौरीफण्डा नाका भएर आएका हुन् । गौरीफण्टा नाकाबाट थप २५ हजार रुपैयाँमा गाडि रिजर्व गरेर सुर्खेत आइपुगेका थिए ।

कोरोना कहरका कारण शाही परिवारसहित ३ वर्षपछि घर फिरेका हुन् । आफ्नै प्रदेशका आउँदा घर पुग्दा सहज हुने आशा लिएका उनले झन् समस्या झेल्नुप¥यो । ‘आफ्नै प्रदेशमा आउँदा यसरी दिनभरी भोकै बस्नुपर्ला भन्ने सोचेका नै थिएनौं’ उनले गुनासो गर्दैै भने, ‘प्रदेशको राजधानीमा नै अलपत्र हुनुप¥यो । जहाँ भनेपनि हाम्रा माग सुनुवाई भएन । मलाई साह्रै दुःख लागेको छ । कोही पनि होटलमा बस्न दिदैनन् ।

कसरी बस्ने होला ?’ शाहीले प्रहरी कार्यालयमा घण्टौंसम्म अनुनयविनय गर्दा समेत समस्या समाधान हुन नसकेको शाहीले बताए । ‘यति दुःख बाटोमा समेत पाइएको थिएन’ उनले भने, ‘प्रहरीले नगरपालिकाको सिफारिस भएपछि जान दिन्छु भन्यो । जनप्रतिनिधिले फोनमा कुरा गरेका थिए । तर प्रहरीले गाडी नम्बर फरक भयो भन्दैं रोकिदियो । अलपत्र नागरिकको लागि उद्धार गर्ने करोडौ पैसा फ्रिज गयो भन्छन् । मानिसको उद्धारमा यस्तो लापरवाही ।’ शाही परिवार एक उदाहरण मात्रै हो । भारत तथा तेस्रो मुलुकबाट कोरोनाको त्रासमा भित्रिनेहरु समस्या कर्णालीमा यस्तै छ । कर्णाली सरकारको पावर र पहुँचमा पुगेका व्यक्तिहरुको मात्र उद्धार छिटो हुन्छ । यो भन्दा बाहिर रहेका नागरिकको समस्या कहिले पनि बुझ्दैनन् ।

छुट्याएको बजेट फ्रिज

परदेशीहरु घर फर्किदा नेपालमा नै अलपत्र परेपछि कर्णाली सरकारले कोरोना रोकथाम लागि विनियोजन गरेको सात करोड रकम फ्रिज गरेको छ । कोरोना रोकथामका लागि विनियोजन गरिएको बजेट लकडाउनका कारण कार्यान्वयनमा बाधा परेको सम्बन्धित अस्पताल तथा स्वास्थ्य कार्यालयहरुले जनाएका छन् । सबैभन्दा बढी बजेट फ्रिज भएको प्रदेश अस्पतालले लकडाउनकै कारण बजेट कार्यान्वयन गर्न कठिनाइ भएको बताएको छ ।

कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जम्मा ३० करोड ५९ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । जसमध्ये सात करोड ३६ लाख चार सय ५० रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना प्रति कार्यको ७७ प्रतिशत अर्थात् २३ करोड ५५ लाख ५४ हजार पाँचसय ५० रुपैयाँ कार्यान्वयन भएको थियो । कोरोना त्रासपछि कर्णाली प्रदेश सरकारले १० करोड चार लाख १५ हजार रुपैयाँ विकास बजेट कटौती गरेर प्रतिकार्यका लागि रकमान्तर गरेको थियो । त्यस्तै राहत कोषबाट थप दुई करोड ५० लाख रुपैयाँ कोरोना विशेष अस्पताललाई उपलब्ध गराएको थियो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन करोड ४३ लाख १ हजार ६ सय ९५ रुपैयाँ फ्रिज भएको छ । स्वास्थ्य सेवा निर्देशनालयको एक करोड ७९ लाख मध्ये ५३ प्रतिशत अर्थात् ९६ लाख ४८ हजार एकसय रुपैयाँ मात्रै कार्यान्वयन भएको छ । बाँकि ८२ लाख ५१ हजार ९ सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको ३५ लाख ५० हजार रुपैयाँ मध्ये २७ लाख १५ हजार पाँच सय रुपैयाँ कार्यान्वयनमा आउँदा ८ लाख ३५ हजार रुपैयाँ फ्रिज भएको थियो ।

प्रतिक्रिया
68380cookie-checkसबै पराई जस्तै भए , हाेटलमा समेत न बाँस पाईन्छ नत खान ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824