२०७७ कार्तिक ०३, सोमबार
Close
बिज्ञापन

अनिल कुमार साह
बारा, १९ असार
नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्य समितिले उपमहानगरपालिकामा भईरहेको भ्रष्टाचार तत्काल नियन्त्रणगरि दोषीलाई कार्बाहीगर्न माग गरेको छ । नगर सभापति श्यामबाबू गुप्ताको नेतृत्वमा गएको टोलीले उपभोक्ता समिती खडा गरि बिकास निर्माणमा भ्रष्टाचार गर्ने कार्य संस्थागत बनाउने काम उपमहानगरपालिकाले गरिरहेकोले तत्काल सो काम रोक्न माग गरेको हो ।

 

टोलीले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम मार्फत बजेट सार्वजनिक गर्न समेत माग गरेको छ । आज जीतपुरसिमरा उममहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै नेपाली काँग्रेसले हाल सम्म भएका विकासका गतिविधिहरु समेत सन्तोषजनक नभएको भन्दै नगरको ध्यानाकर्षण गरेको हो । नगर सभापति गुप्ताको नेतृत्वको टोलीले मेयर डा.कृष्ण पौडेललाई उनकै कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएको नगर सचिव सुशिल ढोडारीले बताए । काँग्रेसले आफ्नो ज्ञापन पत्रमा गत आवको खर्च विवरण पारदर्शी ढंगबाट हुनुपर्ने, कोरोना अस्थाई अस्पतालको खर्च पारदर्शी हुनु पर्ने, नगर भित्रका प्रदुषणलाई नियन्त्रण गर्न पहल कदमी लिनुपर्ने माग राखेको छ ।
ज्ञापन पत्रमा
विगतमा वडालाई छुट्याईएको बजेट हचुवाको भरमा वितरण गरिएको भन्दै आगामी दिनमा वैज्ञानिक आधारमा रही जनसंख्या र भूगोललाई आधारमा वितरण गर्न समेत नेपाली काग्रेसले ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख डा. पौडेलले ज्ञापन पत्रका भएका समसामयिक विषय प्रति नगरको ध्यानाकृष्ट भएको भन्दै सुझावका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्य गरेर काम गर्न आफु र नगर तयार रहेको बताए । ज्ञापन पत्र बुझाएपछि नेपाली काँग्रेस नगरकार्यसमितिले सिमरामा पत्रकार सम्मेलन गरी आफुले उठाएका मागहरुका बारेमा पत्रकारलाई जानकारी गराएको थियो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य शोभाकर पराजुली, जीतपुरसिमराका नगरप्रमुख र उपप्रमुखका प्रत्यासी उम्मेदवार कृष्णव्रत सिंह, नारायणी रायमाझी, काग्रेसबाट निर्वाचित वडाध्याक्ष, वडा सभापति पार्टीका भातृसंगठन, शुभेच्छुक संघ संघठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया
63870cookie-checkजीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुखलाई नेपाली काँग्रेसद्धारा ज्ञापन पत्र

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824