२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन
दीनेश कुमार बुढा प्रतिक्रिया

‘सुर्खेत । कर्णाली प्रदेश सभाका मिनि पार्लियामेन्ट संसदीय समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभा सदस्य पदमा खड्काले कन्टिजेन्सी खर्च धेरै तर काम नभएको बताईन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कार्यविधिहरु मध्ये कृषि क्षेत्रमा अनुदान परिचालन गर्न बनाइएको कार्यविधीमाथि छलफल गर्दै हरेक योजनाको लागि बजेट अलग्गै छुट्याइएता पनि थप पाँच प्रतिशतका दरले प्रत्येक योजनामा रकम काटिनु गलत भएको बताईन ।
उनले भनिन् ‘योजना कार्यान्वयन गर्नको लागि पाँच प्रतिशत कन्टिजेन्सी काटन जरुरी छैन’, ‘त्यसलाई कम गरौं किनभने सरकारले हरेक कार्यक्रमका लागि सूचना प्रकाशन गर्न, अन्य काम गर्न बजेट दिएकै हुन्छ ।’
उक्त कार्यविधिको दफा २१ को उपदफा दुइमा स्वीकृत अनुदान रकममा सूचना प्रकाशन, विज्ञ सेवा, बैठक खर्च, अनुगमन औचित्य र आवश्यकता अनुसार खर्च गर्ने गरी अधिकतम पाँच प्रतिशत कन्टीजेन्सी रकम प्रचलित कानून बमोजिम कर कट्टि गरी भुक्तानी गरिनेछ भन्ने उल्लेख छ ।

यस्तै सदस्य कृष्णा शाहले पाँच प्रतिशत रकम काटेर पनि योजना प्रभवकारी भएको भन्दै गर्दा थप रकम नपाएका कारण योजनाको भुक्तानी रोक्ने गरिएको नागरिकको हामीलाई गुनासो आउने गरेको छ ।
अर्का सदस्य रातो कामीले सो रकम साढे दुइ प्रतिशतमा झार्नुपर्ने बताए । ‘अनावश्यक खर्च कटाउनु पर्छ । कर्णाली आफैंमा गरिब प्रदेश हो ।’ उनले भने, ‘त्यसकालागि सबै तयार हुन आवश्यक छ ।’
बैठकमा यज्ञ बहादुर विसी, कौशिल्यावती खत्रि, ठम्मर विष्टलगायतको सहभागिता रहेको थियो । बुधबार प्रदेश सभा परिसरमा बसेको सामाजिक विकास समितिको बैठकमा हरेक योजनामा पाँच प्रतिशत कन्टिजेन्सी रकम काट्ने गरिएको भन्दै त्यसलाई कम गर्नुपर्ने आवाज उठेको छ ।

 

प्रतिक्रिया
63430cookie-checkकन्टिजेन्सी खर्च धेरै भयो काम भएन’ प्रदेशसभा सदस्य ः खड्का

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824