२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

काठमाण्डौ । सरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदरीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लागि कार्यविधि बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यही आदेशअनुसार कस्ता श्रमिकलाई कसरी ल्याउने भनेर श्रम मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाइसकेको छ ।

विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि श्रमलाई दिइएको छ । अन्र्तराष्ट्रिय उडान नहुँदा लामो समयदेखि विदेशमा नेपालीको शव रोकिएका छन् । आज कतारले २० जना नेपालीको शव भने चार्टर्ड जहाजमार्फत पठाएको छ ।

प्रतिक्रिया
61710cookie-checkसरकार द्वारा वैदेशिक रोजगारी खुला गर्ने निर्णय ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824