२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

सल्यान := शनिबार राति आएको असिना पानीले सल्यानमा लाखौँ मूल्य बराबरको तरकारी नष्ट भएको छ । कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैयाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पु‍¥याएको हो । कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ ।

आम्दानीको मुख्य स्रोतका रूपमा रहेका तरकारी असिनापानीले पूर्णरूपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताए । तीन रोपनी जमिनमा लगाएको लसुन सखाप भएको उनले बताए । यस्तै, कपुरकोट तीन पाखापानीका किसान भीमबहादुर बढाले आफ्नो एक लाख ५० हजार बढीको तरकारीमा क्षति पुगेको बताए । ‘हाम्रो मुख्य पेशा भनेकै यहि तरकारी खेती थियो’ उनले भने ‘६ रोपनीमा लगाएको काउली, टमाटर, केराउ सबै खत्तम भयो ।’

तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलार्य असिनापानीले ठुलो क्षति पु‍¥याएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको कपुरकोट पाँच का किसान टोपेन्दै केसीले बताए । गतवर्ष पनि क्षति व्यहोरेका किसानले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि राहत पाउन नसकेको किसानले गुनासो गरेका छन् ।

प्रतिक्रिया
40620cookie-checkअसिनाले लाखौँको तरकारी खेती नष्ट

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824