२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

साउदी अरेबिया । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपत्कालीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ। उसले हवाईसेवा पनि बन्द गरेको छ। कोरोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जानाएको छ। उसले इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो।उमराका लागि वर्षभर लाखौं व्यक्ति साउदी आउँछन्

ह’जका बेला पर्यटकको संख्या बढ्ने भएकाले सं’क्रमणलाई ध्यान दिँदै साउदीले यो निर्णय लिएको हो। साउदी सरकारको सेल्स टिमले बिहीबार विज्ञप्ति निकाल्दै भाइरस नियन्त्रण गर्न भिजिट भिसामा चीन, जापान, थाइल्यान्ड, मलेसिया, इन्डोसिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायत मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ। साउदीले मुलुकभित्र पनि उच्च सतर्कता अपनाएको जनाएको छ। साउदीमा कोरोना सं’क्रमण नदेखिए पनि पहिले नै सचेतता देखाइएको हो।

इस्लाम धर्मअनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो। मदिनामा उनको अन्तिम संस्कार गरिएका कारण पनि त्यो स्थानमा संसारभरका मुस्लिम पुग्छन् । साउदीले अक्टोबर यताको ६ महिनामा ५ लाख विदेशीलाई प्रवेशाज्ञा उपलब्ध गराएको छ। सम्पूर्ण मुस्लिमले विश्वास गरी मक्का मदिनामा गरिने उ’मरा र ह’जका लागि आवतजावातलाई केही समयका लागि ब’न्द गरिएको छ। ट्राभल एजेन्सीलाई पनि यो सूचना जानकारी गराइएको छ। विभिन्न मुलुकबाट आउने आफ्ना नागरिकलाई आईडी कार्ड देखाई आफ्नोमा प्रवेशका लागि उसले आग्रह गरेको छ।

विश्वमा कोरोनाबाट संक्रमित व्यक्तिको संख्या ८३ हजार पुगेको छ। चीनको वुहानबाट फैलिएकोले त्यहाँ अत्यधिक प्रभावित थिए। त्यो अहिले सर्दै विश्वका मुलुकमा देखिन थालेको हो। गर्मी हुने मुलुकमा नदेखिने भनिए पनि पहिले नै सतर्कता अपनाइएको बताइएको छ। सन् २०१९ को डिसेम्बरमा चीनको हुपैको वुहान सहरबाट उक्त भाइरस संक्रमण आरम्भ भएको हो। यो संक्रमण बढ्दै जाँदा हुपै प्रान्तमा रहेका नेपालीलाई काठमाडौं ल्याएर क्वारेन्टाइनमा राखिएको छ। साउदी अरेबियामा सतर्कता अपनाउन थालेपछि यहाँ रहेका नेपाली पनि हुलमुलमा नजाने र काम–घर मात्र गरिरहेका छन्।

प्रतिक्रिया
37840cookie-checkसाउदीमा कोरोना भाइरसका मरण भिसानै बन्द गरियाे

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824