२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

एजेन्सी । विश्वकपमा छनोट भईसकेको टिम ओमान एसिया कप क्रिकेटमा पुग्न असफल भएको छ । अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने ओमान एसीसी वेष्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा पुग्न असफल भएसँगै एसिया कपमा पुग्न नसकेको हो ।

एसिया कप छनोटको पहिलो चरणको प्रतियोगिताको रुपमा रहेको वेष्टर्न रिजनको समूह ए मा रहेको ओमान समूहको तेस्रो भयो । ओमान नेट रन रेटको आधारमा कतार भन्दा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो । यस समूहबाट कतार र बहराईन सेमिफाइनलमा पुग्यो ।

तीन खेलमा ओमानले २ जित र १ हार व्यहोर्दा ४ अंक जोड्यो । समान खेलमा समान अंक रहे पनि कतार र बहराइनले सेमिफाइनलमा स्थान बनाएका छन् । ओमानले बहराइन र माल्दिभ्समाथि जित हात पार्दा कतारसंग पराजित भएको थियो । समूह बी बाट युएई र कुवेतले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

फाइनल पुग्ने राष्ट्रले एसिया कप छनोटमा सहभागिता जनाउन पाउने छन् । ओमान टी ट्वान्टी विश्वकपमा सहभागी जनाउने एसियाको एक्लो एसोसियट राष्ट्र समेत हो

प्रतिक्रिया
37430cookie-checkविश्वकपमा छनोट भईसकेको टिम ओमान एसिया कप क्रिकेटमा पुग्न असफल

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824